दातृ निकायसँग लिएको ऋणमाथि भ्रष्टाचार गर्नु दरिद्रता हो : सोबिता गौतम
१५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपाली नागरिकले हवाई यात्रा सुरक्षित हुनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी विधेयकमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद गौतमले युरोपियन युनियन (इयू)ले लगाएको प्रतिबन्ध भन्दा पनि बढी चाहिँ हवाई सुरक्षामा ध्यान दिनुपर्ने बताइन् ।