वनमन्त्री ठकुरी र सांसद गौतमद्वारा जडीबुटी प्रशोधन केन्द्रको निरीक्षण
वनमन्त्री ऐनबहादुर शाही ठकुरी र काठमाडौं २ कि प्रतिनिधिसभा सदस्य सोविता गौतमले चैत १५ गतेको आन्दोलनमा जलाइएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् । बिहीबार बिहान मन्त्री ठकुरी र रास्वपा सांसद गौतमले जडीबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गरेका हुन् ।
चैत १५ को राजावादी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन केन्द्र भग्नावशेष बनेको छ । गाडीहरू जलेका छन् । करोडौँको क्षति भएको छ । प्रशोधन केन्द्रकी महाप्रबन्धक संगीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे जानकारी गराएका थिए ।