Articles
Articles written by Sobita, published in various publications
छलको प्रतिस्पर्धाबाट विसर्जनको बाटोमा समाज
नेपालमा भ्रष्टाचार अब ‘असामान्य’ विषय रहेन। यो राजनीति, प्रशासन मात्र हैन, समाजको सबै तहमा संस्थागत भएको छ। शक्ति पाउने बित्तिकै इमान हराउने प्रवृत्तिले हाम्रो समाजलाई पूरै ग्रसित बनाइसकेको छ। अधिकांश समाजका हरेक तहमा सानोभन्दा सानो हैसियत पाउनेले पनि सेवा होइन, शोषणको मानसिकता बोकेको देखिन्छ। यस्तो लाग्छ, यो देश अब नियम र न्यायको होइन, घुस र […]

एउटै टोकरीमा राखेर ८० कानुन संशोधन गर्ने प्रयास किन गलत छ ?
सकारले एउटै विधेयकमा ८० वटा ऐनहरू आकर्षित हुनेगरी संशोधन प्रस्ताव गर्नु हरेक कोणबाट गलत छ । यो सरकारले संसदमाथि थोपरेको निरंकुशता पनि हो । बहुमतलाई मात्र आधार मान्दा सांसदको विवेक निषेध भइरहेको हुन्छ । यस्ता प्रयासले लोकतन्त्रको सारलाई कमजोर बनाउँछ । शक्ति पृथकीकरणको सिद्धान्त लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भ हो, जसले राज्यको एउटै निकायमा सबै शक्ति […]

कानुन नबन्दा हवाई क्षेत्रले व्यहोरिरहेको क्षति
एउटा वायुसेवाको कारण नेपाल नागरिक उड्डयन प्राधिकरण नियमनको दायरामा रहेका सबै २० वटा वायुसेवालाई कालोसूचीमा राख्ने भन्ने हुँदैन। यो गलत प्रचार र राज्यलाई गुमराह गर्ने गम्भीर अपराध हो। नेपालमै धेरै नियामक तथा सेवा प्रदायक निकाय कार्यरत छन्, जस्तै- बैंकिङ क्षेत्रमा नेपाल राष्ट्र बैंक र कमर्सियल बैंकहरू, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम लगायत दूरसञ्चार कम्पनीहरू, […]

युवाका लागि पार्ट टाइम काम, नीतिमै काम गरौं
युवाका लागि बहुआयामिक र दूरगामी फाइदा रहेका पार्ट-टाइम (अंशकालीन) काम नीति बनाउन र त्यसको कार्यान्वयन गर्न ढिला गर्नुहुँदैन। यो अध्ययन र रोजगारीका लागि विदेशिने विशाल जमातलाई स्वदेशमै रोक्ने कामको पहिलो खुट्किलो बन्नेछ। पछिल्लो तथ्यांकले नेपालमा युवाको जनसंख्या ४२-४५ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ। यो जनशक्ति कामको खोजी लगायत विभिन्न बहानामा प्रत्येक दिन विदेशिने गरेको देखिन्छ।