Constituencies
News of Sobita Gautam on constituencies
तीनकुने र कोटेश्वरमा जनतामाथि लुटपाट र डकैती भयो, छानबिन गरी दोषीलाई कारबाही होस् : सांसद गौतम
काठमाडौँ — राजावादी समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा प्रदर्शनका नाममा गरेको घटनाले लोकतन्त्रको शिर झुकाएको रास्वपा सांसद सोबिता गौतमले बताएकी छन् । गौतमले सामाजिक सञ्जालमार्फत शनिबार उक्त घटनाको विरोध गरेकी हुन् । ‘हिजो तीनकुनेमा भएको घटनाले हाम्रो लोकतान्त्रिक मुलुकको शिर झुकाएको छ । शान्तिपूर्ण आन्दोलन गर्नु नागरिकको संवैधानिक अधिकार हो, तर त्यसको नाममा सर्वसाधारणमाथि नै आक्रमण […]

वनमन्त्री ठकुरी र सांसद गौतमद्वारा जडीबुटी प्रशोधन केन्द्रको निरीक्षण
वनमन्त्री ऐनबहादुर शाही ठकुरी र काठमाडौं २ कि प्रतिनिधिसभा सदस्य सोविता गौतमले चैत १५ गतेको आन्दोलनमा जलाइएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् । बिहीबार बिहान मन्त्री ठकुरी र रास्वपा सांसद गौतमले जडीबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गरेका हुन् । चैत १५ को राजावादी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन […]

राष्ट्रपतिलाई सांसद सोविता गौतमको निम्ताे
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद साेविता गौतमले राष्ट्रपति रामचन्द्र पौडेललाई शाली नदीमा श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधनाको दर्शन गर्न निम्ताे दिएकी छिन् । राष्ट्रपति पौडेललाई भेटेर सांसद गौतमले निम्ताे दिएकी हुन् । राष्ट्रपति पौडेलले फागुनको पहिलो साता आउने बताएका छन् ।