पक्षलाई सूचना नदिई पेसी तोक्नु र सुनुवाइ गर्नु गैरसंवैधानिक : सोबिता गौतम

‘व्यक्तिप्रतिको धारणा अलगअलग होला, तर विधि बचाउने जिम्मा साझा हो’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले अदालतबाटै न्यायिक प्रक्रिया मिचिनु निकै संवेदनशील र गैरन्यायिक भएको टिप्पणी गरेकी छिन्।

पोखरा उच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दाका पक्षहरू (रवि लामिछानेलगायत)लाई सूचना नदिई पेसी तोकेर सुनुवाइ गरेको भन्दै पूर्वन्यायाधीशदेखि जनस्तरबाट चर्को विरोध भइरहेका वेला सांसद गौतमले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै न्यायिक प्रक्रिया मिचिने विषय गम्भीर भएको उल्लेख गरेकी हुन्।

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः रास्वपा सांसद गौतम

काठमाडौं,जेठ ४-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले कानुनी प्रक्रिया मिचेको आरोप लगाएकी छिन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेमा मुलुकमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गरिन्।

सूर्यदर्शन सहकारी वचत हिनामिना प्रकरण मुद्दामा रास्वपा सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाइ अघि बढाएको समाचार बाहिरिएको थियो। अदालतले कानुनको उचित प्रक्रिया उल्लघंन गरेको भन्दै पूर्वन्यायाधीशहरुको फोरमले समेत प्रश्न उठाउनुपर्ने बेला भएको जिकिर गरिन्।

भिजिट भिसा प्रकरणको निष्पक्ष र पारदर्शी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ : गौतम

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भिजिट भिसा प्रकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा देखिएका समस्याको निष्पक्ष र पारदर्शी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक रहेको बताएकी छन् ।

रास्वपाले प्रतिनिधिसभाको बैठकमा शुक्रबारदेखिको ‘वेल’ घेराउलाई सोमबार पनि निरन्तरता दिएको छ । सोही विषयमा सोधिएको प्रश्नको जवाफमा सांसद गौतमले सरकार रास्वपाले उठाएका विषयमा संवेदनशील हुनुपर्ने बताइन् । ‘भिजिट भिसा समस्याको दीर्घकालीन रूपमा समाधान गर्न उच्चस्तरीय छानबिन समिति बनाउन, पारदर्शी छानबिन गर्न, समय सीमा र टीओआर स्पष्ट पारेर जान प्रस्ताव राखेका थियौं । त्यो प्रस्ताव सत्तापक्षबाट स्वीकार भएन,’ उनले भनिन्, ‘दुईबुँदे सम्झौता गरेर प्रतिपक्षमा भएका दलहरू पनि सत्तापक्षसँग जानुभयो । हाम्रो अडान त्यो मुद्दालाई समाधान गर्नका लागि निष्पक्ष र पारदर्शी उच्चस्तरीय समिति आवश्यक छ ।’

सोबिता भन्छिन्- सदन जनताको पक्षमा चलेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सदन जनताको पक्षमा नचलेको टिप्पणी गरेकी छन्। आइतबार (आज) को संसद्‌मा आफूहरूको प्रतिरोधको सम्झना गर्दै उनले फेसबूकमा लेखेकी छन्, ‘आज संसद् ३ घण्टा १७ मिनेटसम्म चल्यो। यसैबीच ३ घण्टा १५ मिनेटसम्म हामी अविराम, अविचलित रूपमा प्रतिरोधमा अडिग रह्यौँ। प्रतिरोध चलिरहँदा पनि संसद् चल्यो, तर त्यो संसद् जनताको पक्षमा चलेन।’

उनले सरकार आफ्नो दायित्वबाट उम्किन खोजिरहेको पनि बताएकी छन्। ‘यदि राज्यको संरक्षणमै जनता बेचिन्छन् भने जनप्रतिनिधिको मौनता लज्जास्पद मात्र होइन, दायित्वबोधबाट उम्किएको स्पष्ट प्रमाण हो। संसद् चल्नुपर्छ, तर जनताको न्यायका लागि, जनताको पक्षमा चल्नुपर्छ,’ उनले भनेकी छन्।

न्यायिक हिरासतमा परेका व्यक्तिलाई पुनः प्रहरी हिरासतमा राख्नु मानव अधिकार विपरितः सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाकी सांसद सोविता गौतमले राज्यका निकायहरूबाटै व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ ।

दलहरूको मूल्यांकन निर्वाचन आयोगले हैन जनताले गर्छन् : गौतम

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन आयोगको काम राजनीतिक दलहरूको मूल्यांकन गर्ने नभएको बताएकी छन् । निर्वाचन आयोगले राजनीतिक दल स्वमूल्यांकन कार्यविधि ल्याएर संविधान र कानुन कुल्चिन खोजेकाे पनि गौतमको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार आह्वान गरेको कांग्रेस र एमाले बाहेकका राजनीतिक दलको बैठकमा सहभागी भएपछि सांसद गौतमले निर्वाचन आयोगले नयाँ र साना दलहरूलाई अप्ठ्यारो पार्ने षडयन्त्र गरिरहेको बताइन् ।

असहाय नागरिकले मुद्दा जिते मात्रै वकिललाई पारिश्रमिक दिने कानुनी व्यवस्था गर्नुपर्छ : सांसद गौतम

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पैसा नहुनेहरूका पक्षबाट मुद्दाको बहस गर्ने कानुन व्यवसायीले‍ जितेमात्र पारिश्रमिक लिने कानुनी प्रावधान राख्नुपर्ने धारणा राखेकी छन् ।

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबारको बैठकमा सांसद गौतमले उक्त कुरा बताएकी हुन् ।

आर्थिक अभावको कारणले धेरै नागरिकले न्याय नपाएको बताउँदै सांसद गौतमले आर्थिक अवस्था कमजोर भएका व्यक्तिको मुद्दा लड्दा जितेको खण्डमा कानुन व्यवसायीले पारिश्रमिक पाउने कानुनी व्यवस्थता गर्नुपर्ने बताएकी हुन् ।

नेपालमा कैदी बन्दीको खर्च ठूलो छ, त्यसलाई उत्पादनसँग जोडौं : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएकी छन्।

बुधबार बसेको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले सरकारी तथ्यांककै आधारमा हिसाब गर्दा कैदी बन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरू २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ वार्षिक हुने गरेको उनको भनाइ छ।

विद्यार्थीको पार्ट टाइम रोजगारीमा समय सीमा नतोकियोस् : सोबिता गौतम

२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विद्यार्थीलाई अतिरिक्त रोजगारी (पार्ट टाइम जब) को व्यवस्थामा कुनै समयसीमा नलगाइ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राखेको संशोधनमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् ।

नीति तथा कार्यक्रममा चाहिँ बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’ को नीति लागु गरिने उल्लेख गरिएको छ ।

उक्त रोजगारी दिने केही संस्थालाई कर छुट दिइ यो व्यवस्था लागू गर्न उनले सुझाव दिएकी छिन् ।

उनले संशोधनमाथिको छलफलमा भाग लिने क्रममा कम्तीमा बजेट प्रस्तुत हुनु भन्दा ३ महिना अघि नै निती तथा कार्यक्रम पेश गर्ने, छलफल गर्ने पहिलेकै अभ्यासले निरन्तरता पाउनुपर्ने बताए ।

उनले आफूहरूले राखेको संशोधन र छलफलले स्थान नपाउनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

‘आजको यो संशोधन र छलफलले कहाँ स्थान पाउँछ ? कुन राम्रो संशोधन समेटिन्छ । कृपया स्पष्टसँग मन्त्रीज्यूले फलानो माननीयको फलानो संशोधन राम्रो लाग्यो, संशोधन स्वीकार गछुए भन्ने शब्दमै संशोधन स्वीकार गरेर मेरो शंकालाई गलत सावित गर्न अनुरोध गर्दछु,’ उनले भनिन् ।

अघिल्लो आर्थिक वर्षमा तय भएका नीति तथा कार्यक्रमको प्रगति विवरणसहित यसको औचित्य पुष्टि हुने उनले बताइन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियायजना, नदीजन्य स्रोतको व्यवस्थापन, जलविद्युत आयोजना, प्रमुख शहरमा वेस्ट वाटर ट्रिटमेन्ट, पर्यटन नीति लगायतका विषयमा उनले संशोधन हालेकी छिन् ।

सांसद गौतमको प्रश्न : नीति तथा कार्यक्रममाथि सांसदले बोलेका कुराले कहाँ स्थान पाउँछन् ?

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरू गरेकी छन् ।ले संसद्मा बोलेका कुराको सम्बोधन कुन ठाउँमा हुन्छ भनी प्रश्न

सरकारको आगामी आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सोमबार बोल्दै गौतमले सांसदले बोलेको कुरा व्यर्थ हुने हो कि भन्ने प्रश्न उठेको बताइन् । नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने समय र बजेट तयार पार्ने समयबीच छोटो समय भएको उल्लेख गर्दै सांसद गौतमले संसद्मा भएको छलफल कहाँ सम्बोधन हुने भनी प्रश्न उठ्ने बताइन् ।

‘कम्तीमा बजेट प्रस्तुत हुनु ३ महिनाअघि नै नीति तथा कार्यक्रम पेस गरी छलफल गर्ने अभ्यास, जुन पहिले भएको थियो, त्यसलाई निरन्तरता दिनु आवश्यक थियो,’ उनले भनिन् । अर्थ मन्त्रालयले अन्य मन्त्रालयबाट सिफारिस भएका र विभिन्न दबाबबाट आएका परियोजना बजेट निर्माण प्रणालीमा संलग्न गराइसकिएको बताउँदै उनले अब संसद्मा जारी छलफलको सम्बोधन कहाँ हुने हो भनेर प्रश्न गरेकी हुन् । संसद्मा भइरहेको छलफलले सांसदहरूको र अन्य निकायको समय खेर फालिएको हुने उनले बताइन् ।

सांसदहरूले नीति तथा कार्यक्रममा दर्ता गराएका संशोधन प्रस्तावले कहाँ स्थान पाउँछ भन्ने प्रश्न सांसद गौतमको थियो । सरकारले अघिल्लो आर्थिक वर्षमा तय गरेका नीति तथा कार्यक्रममध्ये कति पूरा भए र कति बाँकी रहे भन्ने विवरण संसद्मा आउनुपर्ने पनि सांसद गौतमको भनाइ थियो । ‘सम्भव भएसम्म गत वर्ष सरकारले तय गरेको नीति तथा कार्यक्रम के के पूरा भयो ? जानकारी दिनुहुन पनि अनुरोध गर्दछु । आगामी वर्षदेखि अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रगति विवरणसहित नयाँ नीति तथा कार्यक्रम प्रस्तुत होस् भन्ने सुझाव पनि दिन चाहन्छु,’ उनले भनिन् ।

सांसद गौतमले नीति तथा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गरी यसलाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा निरन्तरता दिइनेछ भन्ने व्यवस्थामा संशोधन राखेको जानकारी दिइन् । ‘देशव्यापी रूपमा एकीकृत कृषि कार्यक्रम सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाइनेछ’ भन्ने व्यवस्था थप गरिनुनपर्ने उनले बताइन् । नदीजन्य स्रोतको व्यवस्थापन गर्न सरकारको स्वामित्व रहने गरी निजी सार्वजनिक मोडेलमा ‘राष्ट्रिय निर्माणमुखी सामग्री व्यवस्थापन कम्पनी’ को स्थापना गर्न पनि संशोधन प्रस्ताव राखेको उनले जानकारी दिइन् ।

राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला परियोजना निर्माण गर्न देशको प्राकृतिक स्रोत सदुपयोग गर्नुपर्ने सांसद गौतमको भनाइ थियो । ‘त्यसका लागि नेतापिच्छेका क्रसर सञ्चालन र तिनले दुरुपयोग गरेर अति उत्खनन गरेका कारण निम्तिएका प्राकृतिक विपद् र त्यसबापत जनताले बेहोर्नुपरेको क्षति आइन्दादेखि रोक्न, नदीजन्य स्रोतको व्यवस्थापन गर्न सरकारको स्वामित्व रहने गरी निजी सार्वजनिक मोडेलमा ‘राष्ट्रिय निर्माणमुखी सामग्री व्यवस्थापन कम्पनी’ को स्थापना गरिनेछ भन्ने विषय थपिनुपर्छ,’ उनको प्रस्ताव थियो ।

पर्यटनसँग सम्बन्धित पूर्वाधार विकासका लागि २० वर्षे ‘एकीकृत पर्यटन पूर्वाधार मास्टर प्लान’ तयार गर्ने विषय नीति तथा कार्यक्रममा समेट्नुपर्ने सांसद गौतमको प्रस्ताव छ । ‘जसले पर्यटकीय क्षेत्र, मार्ग र गन्तव्यहरूलाई चिनाउँदै वातावरणमैत्री, पहुँचयुक्त, समावेशी र जलवायु प्रतिरोधी पूर्वाधारमा लगानी बढाउने योजना ल्याओस्,’ उनले भनिन्, ‘पर्यटन र आरोहणसँग सम्बन्धित सबै गतिविधिमा कडा वातावरणीय मापदण्ड लागू गरी, उच्च हिमाली क्षेत्रमा प्लास्टिक निषेध क्षेत्र घोषणा गरिनुपर्छ र स्थानीय समुदायलाई जलवायु जोखिम न्यूनीकरण तथा दिगो पर्यटन व्यवस्थापनमा प्रत्यक्ष सहभागी गराइनुपर्छ ।’