संख्यामा भन्दा पनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔं : सांसद गौतम (भिडिओ)

 

संख्यामा भन्दा पनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔं : सांसद गौतम (भिडिओ)

सोविता गौतमले पर्यटनमन्त्रीलाई सोधिन् : नेपाल एयरलाइन्स सुधारमा के के काम भयो ?

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले वायु सेवा सुधार सम्बन्धी सुझाव के के कार्यान्वयन भयो भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग जवाफ मागेकी छन् ।

बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नेपाल सरकारको शतप्रतिशत लगानी रहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) निरन्तर घाटामा रहेको स्मरण गराइन् ।

सरकारले निगमको सुधारका लागि सुझाव दिन २०५८ सालयता ८/९ वटा सुझाव समिति तथा कार्यदल गठन भएको उल्लेख गर्दै उनले ती सुझाव के कति कार्यान्वयन भए भनेर सोधेकी हुन् ।

पछिल्लो पटक २०७६ मा गठित सुझाव कार्यदलको प्रतिवेदन पेश भएको र उक्त प्रतिवेदनमा तत्काल गर्न सकिने सुधार र दीर्घकालीन सुधारहरु उल्लेख गरिएको भन्द सांसद गौतमले प्रश्न गरिन्, ‘सुझाव कार्यदल गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नाले मात्र वायु सेवा सुधार हुँदैन । सो सुझाव के के कार्यान्वयन भयो ? के बाँकी छ ?’यसबारे संसदलाई जानकारी गराउन उनको माग छ ।

सोविता गौतमले पर्यटनमन्त्रीलाई सोधिन् : नेपाल एयरलाइन्स सुधारमा के-के काम भयो ?

https://www.facebook.com/watch/?mibextid=WC7FNe&v=1009919600856388&rdid=Fm5hbbzFVsW5bkWN

पानीको स्रोत जोगाउन जलस्रोत विधेयकमा प्राविधिक मस्तिष्कको प्रयोग हुनुपर्छ : सांसद गौतम

https://x.com/online_khabar/status/1807729789484376417?s=46&t=wH8osIhI3awoSEcdfJAGnQ